8.7 C
Nepal
Wednesday, January 21, 2026

ट्रम्प प्रशासनद्वारा ७५ देशका नागरिकका लागि अमेरिकी इमिग्रेन्ट भिसा प्रक्रिया अनिश्चितकालीन रूपमा रोक, सूचीमा नेपाल पनि

spot_imgspot_imgspot_img

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ७५ देशका नागरिकहरूका लागि आप्रवासी भिसा (इमिग्रेन्ट भिसा) प्रक्रिया अनिश्चितकालीन रूपमा रोकेको घोषणा गरेको छ। बीबीसीका अनुसार यो निर्णय जनवरी २१ बाट लागू हुने छ, जसको सूचीमा नेपाल पनि समावेश भएको छ।

अमेरिकी प्रशासनले यो कदम कानुनी आप्रवासनलाई थप कडाइ गर्ने र अमेरिकी जनताका लागि उपलब्ध सार्वजनिक सुविधा तथा कल्याणकारी कार्यक्रमहरूको दुरुपयोग रोक्ने उद्देश्यले चालिएको जनाएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार नयाँ नीतिको मुख्य लक्ष्य ‘पब्लिक चार्ज’ अर्थात् सार्वजनिक खर्चमा निर्भर हुन सक्ने सम्भावना भएका विदेशी नागरिकहरूको प्रवेश रोक्नु हो।

विदेश मन्त्रालयका प्रमुख प्रवक्ता टोमी पिगोटले भनेका छन्, “अमेरिकी जनताको उदारताको फाइदा उठाएर कल्याणकारी सुविधा तथा सार्वजनिक सहायतामा निर्भर हुने विदेशी नागरिकहरूको प्रवेश रोक्न विदेश मन्त्रालयले आफ्नो पुरानो अधिकार प्रयोग गर्दैछ।”

यसअघि पनि अमेरिका ब्राजिल, इरान, रुस र सोमालिया जस्ता देशका नागरिकका लागि भिसा प्रक्रिया रोक्ने निर्णय गरिसकेको थियो। त्यसपछि रुस, इरान, अफगानिस्तानलगायतका देशका नागरिकमाथि थप प्रतिबन्ध लगाइएको थियो। नोभेम्बरमा वाशिङ्टन डिसीमा एक अफगान आप्रवासीले दुई राष्ट्रिय गार्ड सदस्यहरूमाथि गोली हानेको घटनापछि १९ देशका नागरिकमाथि प्रवेश प्रतिबन्ध वा सीमित गरिएको थियो। पछि यो सूचीमा थप पाँच देश र प्यालेस्टाइन प्राधिकरणका कागजात प्रयोग गर्ने व्यक्तिहरू पनि समावेश गरिएका थिए।

नयाँ निर्णयले एसाइलम, नागरिकता प्रक्रिया तथा ग्रीन कार्ड आवेदनहरूमा पनि प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ। यद्यपि, पर्यटक, व्यापार लगायत अस्थायी (नन–इमिग्रेन्ट) भिसामा भने यो रोक लागू नहुने स्पष्ट गरिएको छ।

विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको अमेरिकी विदेश मन्त्रालयले हाल भिसा प्रक्रियाको समग्र पुनरावलोकन गरिरहेको जनाएको छ। यो कडा नीतिले विश्वभरका आप्रवासी समुदायमा चिन्ता बढाएको छ भने अमेरिकाको कानुनी आप्रवासन नीतिमा ठूलो परिवर्तनको संकेतका रूपमा हेरिएको छ।

अमेरिकी प्रशासनले सार्वजनिक गरेको सूचीमा अफगानिस्तानदेखि यमनसम्मका ७५ देश समावेश छन्, जसमा दक्षिण एसियाबाट नेपाल, भारतको छिमेकी देशहरू बंगलादेश, पाकिस्तान, श्रीलंकाबाहेक अन्य मुलुकहरू पनि परेका छन्। नेपाल सूचीमा परेपछि अमेरिका जान चाहने नेपाली नागरिकहरूमा अन्योल र चिन्ता बढेको छ।

सूची निम्नानुसार छ

१. Afghanistan (अफगानिस्तान)

२. Albania (अल्बानिया)

३. Algeria (अल्जेरिया)

४. Antigua and Barbuda (एन्टिगुआ र बार्बुडा)

५. Armenia (आर्मेनिया)

६. Azerbaijan (अजरबैजान)

७. Bahamas (बहामास)

८. Bangladesh (बंगलादेश)

९. Barbados (बार्बाडोस)

१०. Belarus (बेलारुस)

११. Belize (बेलिज)

१२. Bhutan (भुटान)

१३. Bosnia (बोस्निया)

१४. Brazil (ब्राजिल)

१५. Burma (बर्मा / म्यानमार)

१६. Cambodia (कम्बोडिया)

१७. Cameroon (क्यामरुन)

१८. Cape Verde (केप भर्डे)

१९. Colombia (कोलम्बिया)

२०. Cote d’Ivoire (कोट डिभ्वायर / आइभरी कोस्ट)

२१. Cuba (क्युबा)

२२. Democratic Republic of the Congo (डेमोक्रेटिक रिपब्लिक अफ द कंगो)

२३. Dominica (डोमिनिका)

२४. Egypt (इजिप्ट)

२५. Eritrea (इरिट्रिया)

२६. Ethiopia (इथियोपिया)

२७. Fiji (फिजी)

२८. Gambia (गाम्बिया)

२९. Georgia (जर्जिया)

३०. Ghana (घाना)

३१. Grenada (ग्रेनाडा)

३२. Guatemala (ग्वाटेमाला)

३३. Guinea (गिनी)

३४. Haiti

३५. Iran (इरान)

३६. Iraq (इराक)

३७. Jamaica (जमैका)

३८. Jordan (जोर्डन)

३९. Kazakhstan (काजाकिस्तान)

४०. Kosovo (कोसोभो)

४१. Kuwait (कुवेत)

४२. Kyrgyzstan (किर्गिजस्तान)

४३. Laos (लाओस)

४४. Lebanon (लेबनान)

४५. Liberia (लाइबेरिया)

४६. Libya (लिबिया)

४७. Macedonia (म्यासेडोनिया / उत्तर म्यासेडोनिया)

४८. Moldova (मोल्डोभा)

४९. Mongolia (मंगोलिया)

५०. Montenegro (मोन्टेनेग्रो)

५१. Morocco (मोरोक्को)

५२. Nepal (नेपाल)

५३. Nicaragua (निकारागुआ)

५४. Nigeria (नाइजेरिया)

५५. Pakistan (पाकिस्तान)

५६. Republic of the Congo (रिपब्लिक अफ द कंगो)

५७. Russia (रुस)

५८. Rwanda (रुवान्डा)

५९. Saint Kitts and Nevis (सेन्ट किट्स र नेभिस)

६०. Saint Lucia (सेन्ट लुसिया)

६१. Saint Vincent and the Grenadines (सेन्ट भिन्सेन्ट र द ग्रेनाडाइन्स)

६२. Senegal (सेनेगल)

६३. Sierra Leone (सिएरा लियोन)

६४. Somalia (सोमालिया)

६५. South Sudan (दक्षिण सुडान)

६६. Sudan (सुडान)

६७. Syria (सिरिया)

६८. Tanzania (तान्जानिया)

६९. Thailand (थाइल्यान्ड)

७०. Togo (टोगो)

७१. Tunisia (ट्युनिसिया)

७२. Uganda (युगान्डा)

७३. Uruguay (उरुग्वे)

७४. Uzbekistan (उज्बेकिस्तान)

७५. Yemen

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here