7.6 C
Nepal
Wednesday, January 21, 2026

सर्वसाधारणका लागि एनआईसी एशिया बैंकको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

spot_imgspot_imgspot_img

एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले २ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको हो ।

यो सेयरको न्यूनतम मूल्य १४० रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सेयर खरिदका लागि बोलपत्र पेस गर्दा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिनु पर्नेछ ।

सेयर बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको कमलपोखरीस्थित नेपाल लाइफ क्यापिटलको कार्यालयमा आईपुग्ने गरी पेश गर्नुपर्नेछ । आवेदन दिने अन्तिम मिति माघ २ गते निर्धारण गरिएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here