19.7 C
Nepal
Thursday, January 22, 2026

हिमालयन क्यापिटलद्वारा साधारण सभा आह्वान, १५ प्रतिशत नगद लाभांश

spot_imgspot_imgspot_img

हिमालयन क्यापिटल लिमिटेडले आफ्नो ८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर २८ गते साधारण सभा गर्ने निर्णय गरेको हो। सभा काठमाडौँको कमलादीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

१५ प्रतिशत नगद लाभांश प्रस्ताव

आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट सेयरधनीहरूलाई कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस गरिनेछ।

प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने

सभामा निम्न विषयहरूमा छलफल तथा स्वीकृति प्रदान गरिनेछ–

  • सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल तथा पारित
  • लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तको वासलात
  • आव २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूको स्वीकृति

लेखापरीक्षक नियुक्ति

आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामार्फत पारित गरिनेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here