सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया सुरू गरेको छ। कम्पनीले कुल ४ करोड १० लाख कित्ता साधारण सेयर जारी गर्दै आईपीओ निष्कासन थालेको हो।
कम्पनीले गत कात्तिक २४ गते नेपाल धितोपत्र बोर्डबाट २ अर्ब रुपैयाँबराबरको प्रतिकित्ता १०० अंकित दरका २ करोड साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो। यसपटक जारी गरिएको सेयरमध्ये ठूलो हिस्सा आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा विदेशमा कार्यरत नेपालीका लागि छुट्याइएको छ।
आयोजना प्रभावित क्षेत्रका लागि सेयर वितरण
पर्यावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदनका आधारमा सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी कूल १ करोड कित्ता साधारण सेयर छुट्याइएको थियो।
- अति प्रभावित क्षेत्र—सोलु दूधकुण्ड नगरपालिका–७ र ११, तथा थुलुङ दुधकोशी गाउँपालिका–१ का स्थानीयका लागि
४० लाख कित्ता (४०%) - अन्य प्रभावित वडाहरू—सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाका अन्य वडाका बासिन्दाका लागि
६० लाख कित्ता (६०%)
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर
कम्पनीले छुट्याएको १ करोड कित्ता मध्येको १० प्रतिशत अर्थात् १० लाख कित्ता नेपाल सरकारले मान्यता दिएको श्रम स्वीकृति लिएर विदेशमा बसि रोजगारी गरिरहेका नेपाली नागरिकका लागि सुरक्षित गरिएको छ।
कित्ता सीमा
- आयोजना प्रभावित क्षेत्रका बासिन्दा : न्यूनतम १० कित्ता, अधिकतम १ लाख कित्ता
- वैदेशिक रोजगारीमा रहेका नेपाली : न्यूनतम १० कित्ता, अधिकतम १ लाख कित्ता
बन्द मिति
- आयोजना प्रभावित क्षेत्र : छिटोमा मंसिर २१, ढिलोमा पुस ७
- वैदेशिक रोजगारीमा रहेका नेपाली : छिटोमा मंसिर १०, ढिलोमा मंसिर २१
कहाँ–कहाँबाट आवेदन दिन सकिन्छ?
आयोजना प्रभावित क्षेत्रका लागि
- ग्लोबल आइएमई बैंक, सल्लेरी–सोलुखुम्बु
- लक्ष्मी सनराइज बैंक, नेले–सोलुखुम्बु
- आयोजनास्थल तिङ्गला, सोलुखुम्बु
वैदेशिक रोजगारीका लागि
- धितोपत्र बोर्डले स्वीकृत गरेका सम्पूर्ण ASBA सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा
- मेरो सेयर (Meroshare) अनलाइन पोर्टलबाट पनि आवेदन दिन सकिनेछ
बिक्री प्रबन्धक
यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन्।
कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नागरिक तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर बिक्री गरी सकेपछि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने जनाएको छ।




