काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ।
शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई विपक्षी बनाएर सरकारको निर्णय खारेज गर्न माग गरेका छन्। साथै, सामाजिक सञ्जाललाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न आदेश दिन माग गरिएको छ।
त्रिपाठीले दायर गरेको रिट हाल दर्ता प्रक्रियामा रहेको सर्वोच्च अदालतले जनाएको छ।
यसअघि सरकारले भदौ १९ गतेदेखि फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्रामसहित २६ वटा एप बन्द गर्ने निर्णय गरेको थियो। सरकारको निर्णयपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले क्रमशः सामाजिक सञ्जाल बन्द गर्न थालेका थिए।