अमेरिकी उद्योगपति एलन मस्कका दुई कम्पनीले एप्पल र ओपनएआईविरुद्ध आधिकारिक रूपमा मुद्दा दायर गरेका छन्। मस्कका कम्पनीहरूले दायर गरेको मुद्दामा एप्पल र ओपनएआईले सम्भावित प्रतिस्पर्धीहरूलाई रोक्न अवैध गठबन्धन गरेको आरोप लगाइएको छ।
मस्कको स्वामित्वमा रहेका कम्पनीहरू एक्स र एक्स एआई ले अमेरिकामा दायर गरेको मुद्दामा एप्पलले आफ्नो अपरेटिङ सिस्टममा ओपनएआईको च्याटबट समावेश गर्ने निर्णय प्रतिस्पर्धा विरोधी कदम भएको दाबी गरिएको छ। एक्सले यस कदमलाई प्रतिष्पर्धा नियमको उल्लंघन भएको आरोप लगाएको छ।
यसअघि पनि मस्कले सार्वजनिक रूपमा एप्पल र ओपनएआईप्रति असन्तुष्टि जनाउँदै गुनासो गरेका थिए। उनले एप्पलले आफ्नो एप स्टोरमा ओपनएआईलाई कृत्रिम रूपमा उच्च स्थान दिने प्रयास गरिरहेको र यसले निष्पक्ष प्रतिस्पर्धा तोडफोड गरेको आरोप लगाएका थिए।
यसबारेमा एप्पलले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।