25.5 C
Nepal
Monday, September 29, 2025

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड सम्पन्न

spot_imgspot_imgspot_img

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गरेको ४२ प्रतिशत हकप्रद सेयरको बाँडफाँड भदौ ८ गते सम्पन्न भएको छ।

कम्पनीले गत जेठ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीका लागि असार २५ गतेदेखि साउन २० गतेसम्म प्रति सेयर रु. १०० अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो।

जसअन्तर्गत, रितपूर्वक आवेदन दिने २७ हजार ६२२ जना आवेदकलाई १ करोड ३९ लाख २० हजार ८०० कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। तर, ३ लाख ५८ हजार ५१२.४८ कित्ता सेयर भने अवितरित रहन पुगेको छ। अवितरित सेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गर्नेछ।

यसैबीच, कायम हकभन्दा बढी सेयरका लागि आवेदन दिएका लगानीकर्तालाई बाँडफाँडमा नपरेको सेयर बापतको रकम भदौ ११ गतेदेखि आईपीएसमार्फत सम्बन्धित बैंक खातामा फिर्ता गरिने मुक्तिनाथ क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) ले जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here