काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले करिब ४ लाख अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म १ः०.५० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेका ३ लाख ९१ हजार ७७९ कित्ता सेयर बिक्रीमा ल्याउने तयारी गरेको हो।
कम्पनीका अनुसार भदौ १५ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुला हुनेछ। यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघ–संस्थाले आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। आवेदन दिन चाहनेले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म बोलपत्र पेश गर्न सक्ने व्यवस्था गरिएको छ।
लगानीकर्ताले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय तथा प्रभु बैंकका विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयहरुमा पुगेर आवेदन दिन सक्नेछन्।
उक्त लिलामी सेयर खरिदका लागि आवेदन भदौ २२ गतेसम्म मात्र स्वीकार गरिने कम्पनीले जनाएको छ।