25.3 C
Nepal
Monday, September 29, 2025

आईसीएफसी फाइनान्सको लाभांश क्षमता २०.२८ प्रतिशत, नाफामा उल्लेखनीय वृद्धि

spot_imgspot_imgspot_img

आईसीएफसी फाइनान्स लिमिटेडले अघिल्लो वर्षको तुलनामा वित्तीय सूचकांकमा उल्लेखनीय सुधार गर्दै लाभांश क्षमता २०.२८ प्रतिशत पुर्‍याएको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफा २४ करोड ५९ हजार रुपैयाँ रहेको छ।

नाफा तथा आम्दानी

समीक्षा अवधिसम्म कम्पनीले ३४ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको तुलनामा २०.६० प्रतिशत बढी हो। अघिल्लो आवमा सोही अवधिसम्म कम्पनीको नाफा ११ करोड ३२ लाख रुपैयाँ मात्र थियो।
खुद ब्याज आम्दानी १३.१५ प्रतिशतले बढ्दै ६१ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी पनि ८ करोड ५८ लाख रुपैयाँबाट बढेर १० करोड ३५ लाख रुपैयाँ पुगेको छ। कम्पनीको सञ्चालन मुनाफा ५० करोड २१ लाख रुपैयाँ कायम भएको छ।

निक्षेप, कर्जा र जोखिम व्यवस्थापन

चौथो त्रैमाससम्म कम्पनीको निक्षेप संकलन १९ अर्ब ९९ करोड रुपैयाँ र कर्जा प्रवाह १६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। इम्पेयरमेन्ट चार्ज ५ करोड ८० लाख रुपैयाँले रिभर्सल भएको छ। साथै, कम्पनीले खराब कर्जा अनुपात घटाउन सफलता पाएको छ, जुन अघिल्लो आवमा ३.६८ प्रतिशत रहेकोमा घटेर १.८३ प्रतिशतमा सीमित भएको छ।

वित्तीय सूचकांक

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ९.५७ रुपैयाँबाट बढेर २९.१५ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १८४.७२ रुपैयाँ, मूल्य आम्दानी अनुपात (P/E Ratio) २१.९८ गुणा र तरलता अनुपात २४.६४ प्रतिशत रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here