25.3 C
Nepal
Monday, September 29, 2025

दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न

spot_imgspot_imgspot_img

दरमखोला हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आज आईपीओ बाँडफाँड प्रक्रिया सम्पन्न गरिएको हो। मागभन्दा बढी आवेदन परेको कारण कम्पनीको सेयर गोलाप्रथाद्वारा वितरण गरिएको हो।

सेयर वितरणको अवस्था

बिक्री प्रबन्धकका अनुसार २ लाख ४२ हजार ३१८ जनाले प्रत्येकी १० कित्ता सेयर प्राप्त गरेका छन्। त्यस्तै, ५ जनाले थप एक कित्ता सेयर सहित ११ कित्ता आईपीओ पाएका छन्।

आवेदनको विवरण

कम्पनीको आईपीओमा कुल २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेका थिए। जसमध्ये २२ लाख ८३ हजार २२६ जनाको आवेदन मात्र मान्य भएको छ भने १३ हजार २३९ जनाको आवेदन विभिन्न कारणले बदर भएको हो।
कुल २ करोड ६४ लाख ९८ हजार ५९० कित्ताका लागि आवेदन परेकामा २ करोड ६३ लाख १२ हजार ६८० कित्ता मात्र सदर गरिएको बिक्री प्रबन्धकले जनाएको छ।

नतिजा हेर्ने व्यवस्था

आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिनेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here