28 C
Nepal
Monday, September 29, 2025

स्वरोजगार लघुवित्तको प्रतिसेयर आम्दानी दोब्बरभन्दा बढी, नाफामा ११५% वृद्धि

spot_imgspot_imgspot_img

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आफ्नो प्रतिसेयर आम्दानी (EPS) दोब्बरभन्दा बढी बढाएको छ। संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार EPS अघिल्लो वर्षको १६.६० रुपैयाँबाट बढेर ३०.५८ रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी र नाफामा आएको सुधारका कारण EPS वृद्धि भएको हो। समीक्षा अवधिसम्म संस्थाले २३ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ११ करोड १४ लाख रुपैयाँभन्दा ११५.१६ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी ४७.२४ प्रतिशतले बढ्दै ६२ करोड ६७ लाख रुपैयाँ पुगेको छ। संस्थाको खुद सञ्चालन आम्दानी ६८ करोड ६४ लाख रुपैयाँ र सञ्चालन मुनाफा ३२ करोड ५३ लाख रुपैयाँ रहेको छ।

वितरणयोग्य मुनाफा १७ करोड १७ लाख रुपैयाँ पुगेको छ। ७८ करोड ३९ लाख रुपैयाँ चुक्तापूँजी भएको संस्थाको रिटेन्ड अर्निङ ९ करोड ९१ लाखबाट बढेर १७ करोड १७ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार २४ करोड ५३ लाखबाट बढेर ३० करोड १ लाख रुपैयाँमा पुगेको छ।

चौथो त्रैमाससम्ममा संस्थाले ४ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यद्यपि, संस्थाको खराब कर्जा अनुपात अघिल्लो वर्षको ५.५६ प्रतिशतबाट बढेर ७.५४ प्रतिशतमा पुगेको छ। समीक्षा अवधिसम्म प्रतिसेयर नेटवर्थ १६०.२० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १,२९५.०६ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ३३.३९ गुणा र तरलता अनुपात १६.२७ प्रतिशत कायम भएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here