खुद ब्याज आम्दानीमा उल्लेखनीय वृद्धि भएपनि सञ्चालन खर्च र इम्पेयरमेन्ट चार्ज बढ्दा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट आएको छ।
संस्थाले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म २५ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३० करोड १९ लाख रुपैयाँको तुलनामा १५.८७ प्रतिशतले कम हो।
यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी ५७.३७ प्रतिशतले वृद्धि भई १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो रकम ९१ करोड १६ लाख रुपैयाँ मात्र थियो। तर, खुद शुल्क तथा कमिशन आम्दानी २४ करोड ६५ लाख रुपैयाँबाट घटेर २१ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ।
संस्थाको खुद सञ्चालन आम्दानी १ अर्ब ३५ करोड रुपैयाँ र सञ्चालन मुनाफा ३६ करोड ३९ लाख रुपैयाँ कायम भएको छ। तर, सञ्चालन खर्च ३७.७१ प्रतिशतले बढ्दै ९९ करोड २९ लाख रुपैयाँ पुगेको छ, जसले नाफामा दबाब सिर्जना गरेको छ। अघिल्लो वर्ष सञ्चालन खर्च ७२ करोड १० लाख रुपैयाँ मात्र थियो।
इम्पेयरमेन्ट चार्ज पनि अघिल्लो वर्षको ३ करोड ९६ लाख रुपैयाँबाट ह्वात्तै बढेर ३० करोड ४७ लाख रुपैयाँ पुगेको छ।
चौथो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा १३ करोड ३९ लाख रुपैयाँ र लाभांश क्षमता ९.५८ प्रतिशत रहेको छ। निक्षेप संकलन अघिल्लो वर्षको ६ अर्ब १४ करोड रुपैयाँबाट बढेर ६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २० अर्ब १३ करोड रुपैयाँ पुगेको छ।
संस्थाको रिटेन्ड अर्निङ १३ करोड ३९ लाख रुपैयाँ र रिजर्भ कोष १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। तर, खराब कर्जा अनुपात अघिल्लो वर्षको १०.४१ प्रतिशतबाट बढेर ११.३२ प्रतिशत पुगेको छ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (EPS) १८.१७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०६.७७ रुपैयाँ, मूल्य-आम्दानी अनुपात ३८.५४ गुणा, प्रतिसेयर कुल सम्पत्ति मूल्य १,५५७.८९ रुपैयाँ र तरलता अनुपात ११.०४ प्रतिशत कायम भएको छ।