मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार बैंकको नाफा तथा खुद ब्याज आम्दानी दुबै घटेका छन्।
यो अवधिसम्म बैंकले १३ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.०३ प्रतिशत कम हो। अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकको खुद नाफा १४ करोड ४९ लाख रुपैयाँ थियो।
खुद ब्याज आम्दानीमा झन् ठूलो गिरावट आएको छ। अघिल्लो वर्षको २५ करोड ९७ लाख रुपैयाँबाट २१.३२ प्रतिशतले घट्दै यो रकम २० करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि, खुद शुल्क तथा कमिशन आम्दानी १ करोड ५० लाख रुपैयाँबाट बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ।
खुद सञ्चालन आम्दानी ३५ करोड ३१ लाख रुपैयाँबाट घटेर ३१ करोड २२ लाख रुपैयाँमा झरेको छ। बैंकको चुक्तापूँजी १ अर्ब २१ करोड रुपैयाँ, रिटेन्ड अर्निङ १५ करोड ६१ लाख रुपैयाँ र रिजर्भ ३४ करोड ४२ लाख रुपैयाँ रहेको छ।
खराब कर्जा अनुपात अघिल्लो वर्षको ०.८१ प्रतिशतबाट घटेर ०.२८ प्रतिशतमा झरेको छ। वितरणयोग्य मुनाफा १५ करोड ६१ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्षको १५ करोड ५७ लाख रुपैयाँभन्दा अलिकति मात्र बढी हो।
बैंकको लाभांश क्षमता १४.०१ प्रतिशतबाट घटेर १२.८३ प्रतिशतमा सीमित भएको छ भने प्रतिसेयर आम्दानी (EPS) १३.०४ रुपैयाँबाट घटेर १०.७१ रुपैयाँमा झरेको छ। हाल बैंकको प्रतिसेयर नेटवर्थ १४१.११ रुपैयाँ, मूल्य-आम्दानी अनुपात ६४.२३ गुणा र तरलता अनुपात ३५.८६ प्रतिशत रहेको छ।