29.3 C
Nepal
Wednesday, July 23, 2025

सिन्धु विकास बैंकको नाफामा २८७% वृद्धि, वितरणयोग्य मुनाफा ऋणात्मक

काठमाण्डौ । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म उल्लेख्य नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार यस अवधिमा बैंकको खुद नाफा ११ करोड ७८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३ करोड ४ लाख रुपैयाँभन्दा २८७.५९ प्रतिशतले बढी हो।

तर, बैंकको खुद ब्याज आम्दानी भने ३०.१४ प्रतिशतले घटेर १३ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ। यस्तै, खुद शुल्क तथा कमिशन आम्दानी अघिल्लो वर्षको २ करोड १९ लाख रुपैयाँबाट घटेर १ करोड ४३ लाख रुपैयाँमा पुगेको छ।

सञ्चालन मुनाफा भने २ करोड ९६ लाख रुपैयाँबाट बढेर १५ करोड ३५ लाख रुपैयाँ पुगेको छ। नाफामा आएको यो सुधार बैंकको १७ करोड ९० लाख रुपैयाँको इम्पेयरमेन्ट चार्ज रिभर्सलका कारण भएको हो।

निक्षेप र कर्जा घट्यो

समीक्षा अवधिसम्म बैंकको निक्षेप संकलन ५ अर्ब ८९ करोडबाट घटेर ५ अर्ब ६८ करोड रुपैयाँमा पुगेको छ। कर्जा प्रवाह पनि ३ अर्ब ५८ करोडबाट घटेर ३ अर्ब २५ करोड रुपैयाँमा सीमित छ।

वितरणयोग्य मुनाफा ऋणात्मक

बैंकको रिटेन्ड अर्निङ २० करोड ७५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ। रिजर्भमा भने १३ करोड ३४ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो वर्षको चौथो त्रैमाससम्म १०.६३ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ६.०३ प्रतिशतमा झरेको छ।

प्रमुख वित्तीय सूचक

  • ईपीएस (प्रतिसेयर आम्दानी): २१.१५ रुपैयाँ
  • प्रतिसेयर कुल सम्पत्तिको मूल्य: १,१४५.३२ रुपैयाँ
  • प्रतिसेयर नेटवर्थ: ८६.७० रुपैयाँ
  • मूल्य आम्दानी अनुपात (P/E): ४०.९९ गुणा
  • तरलता अनुपात: ४३.७२ प्रतिशत
spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here