32 C
Nepal
Thursday, July 24, 2025

प्रभु इन्स्योरेन्सले डाक्यो साधारण सभा

प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। असार २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको २९ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो।

बैठकले आगामी साउन २३ गते शुक्रबारका दिन तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांस गरी कुल १८.९४७४ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। सभामा यसअघिको ५०.१५ प्रतिशतको हकप्रद सेयर निष्कासनको प्रस्तावलाई संशोधन गरी ४७ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव समेत पारित हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी साउन २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ साउन १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here