25.5 C
Nepal
Thursday, July 24, 2025

माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बिक्री खुला, आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन सुरु

काठमाडौं। माबिलुङ इनर्जी लिमिटेडले आज (असार २२ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले यस चरणमा ५ लाख ३६ हजार २९५ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो। यसअन्तर्गत आयोजना प्रभावित क्षेत्रका लागि ३ लाख ८५ हजार ८२४ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार ४७१ कित्ता सेयर निष्कासन गरिएको हो।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १ गते रु. १०० अंकित दरका १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासनको स्वीकृति दिएको थियो। उक्त संख्यामध्ये १० प्रतिशत आयोजना प्रभावित र १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो।

आवेदन विवरण:

  • आयोजना प्रभावित बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली दुवैले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
  • आयोजना प्रभावित क्षेत्रका लागि आवेदन अन्तिम मिति साउन १९ गते (छिटोमा साउन ४ गते)
  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन अन्तिम मिति साउन ४ गते तोकिएको छ।

आवेदन दिने स्थान:

  • आयोजना प्रभावित क्षेत्रका लागि:
    • ग्लोबल आइएमई बैंकको चैनपुर शाखा
    • हिमालयन बैंक मादी नगरपालिका
    • लक्ष्मी सनराइज बैंक
    • आयोजनाको पावरहाउस रहेको मादी नगरपालिका–७, संखुवासभा
  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि:
    • सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
    • तिनका शाखा कार्यालयहरू
    • ‘मेरो सेयर’ मार्फत अनलाइन आवेदन

यस आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

दोस्रो चरणमा आम सर्वसाधारणका लागि सेयर:

कम्पनीले पहिलो चरणको आईपीओ निष्कासनपछि, दोस्रो चरणमा आम सर्वसाधारणलाई पनि १५ लाख ४ हजार ७०६ कित्ता (४८.९९९८%) सेयर निष्कासन गर्नेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here