30 C
Nepal
Wednesday, July 23, 2025

एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि असार २० गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले असार ३० गते बाराको सिमरामा रहेको होटल इच्छामा दिउँसो १ बजेदेखि १७ औं साधारण सभा आयोजना गर्दैछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here