26.9 C
Nepal
Wednesday, July 2, 2025

आईपीओ तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको वार्षिक साधारण सभा आज धनगढीमा

धनगढी । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आफ्नो वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभा कम्पनीको मुख्य कार्यालय धनगढीमा आज अपरान्ह १ बजेबाट सुरु हुने कार्यक्रम रहेको छ।

सभामा आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमा छलफल गरी पारित गरिनेछ।

त्यसैगरी, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरिने र सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्चसमेत अनुमोदन गरिने एजेन्डा सभामा रहेका छन्।

कम्पनीले सर्वसाधारणका लागि ३० प्रतिशत शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरिरहेको छ। यसका लागि कम्पनीले २०८१ साल असोज २० गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। बोर्डबाट अनुमति प्राप्त भएपछि कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने जनाएको छ।

आईपीओ निष्कासनको तयारीसँगै कम्पनीले लगानीकर्ताहरूलाई शेयरमार्फत सहभागी हुन अवसर दिने प्रक्रियालाई तिव्रता दिएको छ। सभा सम्पन्न भएपछि कम्पनीको आईपीओ प्रक्रिया थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here