26.9 C
Nepal
Wednesday, July 2, 2025

गार्डियन माइक्रो लाइफको १.१२ लाख कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुने

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको लक इन समयावधि आगामी साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सेयरको लक इन अवधि साउन ४ गते समाप्त हुन लागेको हो ।

सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको सेयर ६ बाँडफाँड गरिएको मितिले ६ महिनासम्म लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ । कम्पनीले २०८१ पुस १९ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड माघ ६ गते भएको थियो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here