27.6 C
Nepal
Tuesday, June 24, 2025

आज दिव्यश्वरी हाईड्रोपावरको साधारण सभा

दिव्यश्वरी हाईड्रोपावर लिमिटेडको साधारण सभा आज हुने भएको छ । कम्पनीको साधारण सभा काठमाण्डौको पुरानो बानेश्वरमा रहेको अन्नपूर्ण पार्टी भेन्युमा दिउसो १ बजेदेखि सुरु हुनेछ ।

यसअघि जेठ २२ गते आयोजना हुने तय भएको कम्पनीको दुई आर्थिक वर्षको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।

आज आयोजना हुने सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने र यसका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै आव २०७९/८० र २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गारी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७९/८० र २०८०/८१ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा सञ्चालक समितिको रिक्त रहेको सञ्चालक र स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले गत जेठ ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ जेठ ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here