21.6 C
Nepal
Wednesday, June 25, 2025

प्रभु इन्स्योरेन्सले १८.९४७७% लाभांश घोषणा

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरूलाई आकर्षक लाभांश घोषणा गरेको छ। कम्पनीको असार ८ गते सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई १८ प्रतिशत बोनस सेयर र ०.९४७७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो। यसरी कम्पनीले कुल १८.९४७७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय लिएको हो।

सञ्चालक समितिले यस निर्णयलाई बीमा प्राधिकरणको स्वीकृतिका लागि पेश गर्ने जनाएको छ। बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरूलाई लाभांश वितरण गरिने छ।

कम्पनीले गत आर्थिक वर्षमा वितरणयोग्य मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो। प्रभु इन्स्योरेन्सले सेयरधनीहरूको दीर्घकालीन हितलाई मध्यनजर गर्दै निरन्तर लाभांश वितरण गर्दै आएको जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here