21.2 C
Nepal
Friday, June 20, 2025

दैलेखमा नेपाललाई ५० वर्षसम्म पुग्ने ग्यास भण्डारण अध्ययन परिणाम सार्वजनिक

– चीन सरकारको सहयोगमा दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण कार्यको प्रारम्भिक नतिजामा ५० वर्षसम्म नेपाललाई ग्यास आपूर्ति गर्न सक्ने क्षमता रहेको देखिएको छ।

नेपाल सरकारलाई बुझाइएको प्रारम्भिक प्रतिवेदनमा दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण सम्भावना रहेको उल्लेख गरिएको छ। यसका साथै, दैलेखका अन्य तीन स्थानमा पनि मिथेन ग्यासको भण्डारणको सम्भावना प्रतिवेदनमा दिइएको छ।

यदि यी सबै चारवटा स्थानबाट ग्यास प्रशोधन गर्न सकियो भने, नेपाललाई ५० वर्षसम्म ग्यास आपूर्ति गर्ने सम्भावना रहेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ देखि दैलेखको जलजलेमा भौगर्भिक अध्ययन र ड्रिलिङ गरेर अध्ययन कार्य सुरु गरेका थिए।

यो अध्ययन नेपाल सरकार र चीन सरकारसँग २०७५ सालमा भएको जिटुजी सम्झौताअनुसार भएको हो। अध्ययनको कुल लागत करिब २ अर्ब ५० करोड नेपाली रुपैयाँ रहेको छ, जुन चीन सरकारको अनुदानबाट पूरा गरिएको हो।

सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सहमति भएको थियो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here