21.9 C
Nepal
Monday, July 28, 2025

बिन्ध्यवासिनी हाइड्रोपावरको ९६ लाखभन्दा बढी सेयरको लक-इन अवधि आज सकिदै

काठमाण्डौ — बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका ९६ लाख ७१ हजार ८८ कित्ता सेयरको लक-इन अवधि आजबाट समाप्त भएको छ। कम्पनीका संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक-इन अवधि असार २ गतेबाट अन्त्य भएको हो।

कुल खुला भएको सेयरमध्ये ८४ लाख ७३ हजार ५ सय कित्ता संस्थापक सेयर रहेका छन्। यस्तै आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँड गरिएको ११ लाख २९ हजार ८ सय कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ६७ हजार ७८८ कित्ता सेयरको लक-इन अवधि समाप्त भएको हो।

यद्यपि, संस्थापक सेयरधनी तथा कम्पनीको उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीको हकमा नेपाल धितोपत्र बोर्डको नियम अनुसार सेयर अझै रोक्का रहने कम्पनीले जनाएको छ।

यस सँगै बजारमा बिन्ध्यवासिनी हाइड्रोपावरको सेयर खरिद-बिक्रीमा थप तरलता आउने अपेक्षा गरिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here