9.6 C
Nepal
Thursday, February 12, 2026

सुनको मूल्य रु.१३ सयले बढ्यो

spot_imgspot_imgspot_img

स्थानीय बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १ हजार ३ सय रुपैयाँले बढी हो।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कायम थियो, जसमा ६ सय रुपैयाँको गिरावट आएको थियो। तर, आज भने अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिसँगै नेपाली बजारमा समेत सुनको मूल्य उकालो लागेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य १९ डलरले बढेर प्रतिऔंस ३ हजार ३४१ डलरमा कारोबार भईरहेको छ। यही वृद्धिको असरले नेपाली बजारमा सुन महँगिएको महासंघले जनाएको छ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी आज पनि अघिल्लो दिनको समान मूल्यमा, प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ।

सुनचाँदीको मूल्यमा आएको उतारचढावले बजारमा कारोबार गर्ने व्यवसायी तथा उपभोक्तालाई सजग हुन विशेषज्ञले सुझाव दिएका छन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here