28.9 C
Nepal
Wednesday, March 12, 2025

आज साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत १ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्दैछ ।

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य ठहरिनेछन् । भोलि अर्थात फागुन २९ गते होलि पर्वको सार्वजनिक बिदा परेको छ ।

कम्पनीले गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई घोषणा भएको १० प्रतिशत नगद लाभांशको घोषणा गरेको छ । कम्पनीले आगामी चैत १५ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्दैछ । सोही सभाबाट अनुमोदन भएपश्चात उक्त नगद लाभांश सेयरधनीले प्राप्त गर्नेछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here