14.9 C
Nepal
Friday, March 14, 2025

सेयर बजार अनुत्पादक क्षेत्र भएको पूर्व अर्थमन्त्री पुनको टिप्पणी, पूँजीपतिले सजिलो तरिकाले पैसा कमाउने माध्यम बनाएको आरोप

काठमाण्डौ । पूर्व अर्थमन्त्री वर्षमान पुनले सेयर बजारलाई अनुत्पादक क्षेत्रको संज्ञा दिएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेशद्वारा बुधबार विराटनगरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा पुनले सेयर बजारलाई अनुत्पादक क्षेत्र भएको टिप्पणी गरेका हुन्।

उनले सेयर बजारलाई जुवासँग तुलना गर्दै पूँजीपतिहरूले केही मात्र लगानी गरेर सहज रूपमा पैसा कमाउने माध्यमका रूपमा प्रयोग गरिरहेको बताए। उनका अनुसार, सेयर बजार, गरगहना तथा घरजग्गा क्षेत्रमा गरिएको लगानीले प्रत्यक्षरूपमा रोजगारी सिर्जना गर्न नसक्ने र आर्थिक विकासमा योगदान नपुर्‍याउने तर्क गरे।

पूर्व अर्थमन्त्री पुनले यस किसिमको लगानीले पूँजी निष्क्रिय बन्ने भएकाले समग्र विकासमा अवरोध सिर्जना गर्ने धारणा व्यक्त गरे। उनले उत्पादनशील क्षेत्रको प्रवर्द्धन तथा औद्योगिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने सुझाव समेत दिए।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here