28.9 C
Nepal
Wednesday, March 12, 2025

दोल्ती पावरको घाटामा ९८.६९% कमी, घाटा १.२९ लाखमा सीमित

दोल्ती पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आफ्नो घाटा उल्लेखनीय रूपमा घटाएको छ। कम्पनीले घाटा ९८.६९ प्रतिशतले कम गर्दै १ लाख २९ हजार रुपैयाँमा सीमित गर्न सफल भएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ९८ लाख ७२ हजार रुपैयाँ घाटामा थियो।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.६१ प्रतिशतले वृद्धि भई ५ करोड ९२ लाख रुपैयाँ पुगेको छ। साथै, कम्पनीले कर्मचारी खर्च, प्रशासनिक खर्च तथा वित्तीय खर्चमा उल्लेखनीय कटौती गरेको छ। कर्मचारी तथा प्रशासनिक खर्च ७३ लाख १७ हजार रुपैयाँबाट घटेर १५ लाख ७८ हजार रुपैयाँमा सीमित भएको छ भने वित्तीय खर्च ४ करोड १९ लाख रुपैयाँबाट घटेर ३ करोड ३३ लाख रुपैयाँमा झरेको छ।

यद्यपि, कम्पनीको रिजर्भ कोष १९ करोड ६१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ। कम्पनीले २ करोड रुपैयाँ अल्पकालीन कर्जा तथा ६८ करोड ७३ लाख रुपैयाँ दीर्घकालीन कर्जा लिएको छ।

समीक्षा अवधिसम्म कम्पनीको त्रैमासिक प्रतिसेयर आम्दानी (EPS) ऋणात्मक ०.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६३.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९७.३७ रुपैयाँ तथा मूल्य-आम्दानी अनुपात ७,३८३.४१ गुणा कायम भएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here