बाराही हाईड्रोपावर पब्लिक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकका लागि अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा कम्पनीले ३४ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी १२ लाख ३० हजार रुपैयाँ घाटामा रहेको थियो।
कम्पनीले विद्युत बिक्रीबाट २ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ। साथै, सञ्चालन खर्चमा उल्लेखनीय कटौती गर्दै २६ लाख ६८ हजार रुपैयाँबाट घटाएर ८ लाख ८५ हजार रुपैयाँमा सीमित गरेको छ। यद्यपि, प्रशासनिक खर्च भने ११ लाख ४४ हजार रुपैयाँबाट बढेर २८ लाख २६ हजार रुपैयाँ पुगेको छ।
यस अवधिमा कम्पनीको वित्त खर्च १ करोड २१ लाख रुपैयाँबाट घटेर १ करोड १ लाख रुपैयाँमा झरेको छ।
हाल कम्पनीको चुक्तापूँजी २५ करोड रुपैयाँ छ भने रिजर्भ कोष ११ करोड ४९ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ। कुल चालु सम्पत्ति ७ करोड २३ लाख रुपैयाँ रहेको छ भने कुल चालु दायित्व ५ करोड ३९ लाख रुपैयाँ रहेको छ।
कम्पनीको त्रैमासिक प्रतिसेयर आम्दानी १.३८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५४.०२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५१.०३ रुपैयाँ, मूल्य-आम्दानी अनुपात ६०२.७६ गुणा तथा तरलता अनुपात १.३४ प्रतिशत कायम भएको छ।