24.6 C
Nepal
Friday, March 14, 2025

घोराही सिमेन्टको घाटा बढ्यो, दोस्रो त्रैमाससम्म ६६ करोड ७१ लाखको नोक्सान

काठमाडौं – घोराही सिमेन्ट इण्डस्ट्री लिमिटेड ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यो अवधिसम्म ६६ करोड ७१ लाख रुपैयाँ घाटा व्यहोरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको हो। गत वर्ष यसै अवधिमा कम्पनीले ४१ करोड ८४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

कम्पनीको बिक्री आम्दानीमा सामान्य वृद्धि देखिएको छ। समीक्षाधीन अवधिसम्म घोराही सिमेन्टले १ अर्ब ७३ करोड रुपैयाँबराबरको बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा थोरै बढी हो। अघिल्लो वर्ष यस अवधिमा १ अर्ब ७१ करोड रुपैयाँ बराबरको बिक्री भएको थियो। साथै, कम्पनीले अन्य आम्दानीबाट ६ लाख ६९ हजार रुपैयाँ प्राप्त गरेको छ।

तर, प्रशासनिक, बिक्री तथा वितरण खर्च तथा अन्य वित्तीय खर्च बढ्दा कम्पनी थप घाटामा गएको देखिन्छ।

  • प्रशासनिक, बिक्री तथा वितरण खर्च११ करोड ९० लाख रुपैयाँ
  • ह्रासकट्टी खर्च३३ करोड ५८ लाख रुपैयाँ
  • वित्त खर्च४८ करोड ७ लाख रुपैयाँ

कम्पनीका अनुसार सिमेन्ट उद्योगमा प्रतिस्पर्धात्मक अवस्था तीव्र बनेको र उत्पादन मागभन्दा बढी भएकाले बिक्रीमा अपेक्षाकृत वृद्धि हुन सकेन। त्रैमासको अन्त्यतिर बिक्री दर केही बढे पनि लागतमा भएको वृद्धिका कारण कम्पनी घाटामा गएको हो।

त्यस्तै, युनिट १ को ब्याज खर्च तथा ह्रास खर्च लेखांकन गर्दा आम्दानी घटेको देखिएको कम्पनीको विश्लेषण छ। कम्पनीका अनुसार ब्याज खर्च आयकर ऐनअनुसार मात्र लेखांकन गरिएको छ भने ह्रास खर्च नाफा-नोक्सानमा समावेश गर्नुपर्ने प्रावधानले नाफा प्रभावित भएको हो।

वित्तीय सूचकहरू

  • रिटेन्ड अर्निङ१ अर्ब ३७ करोड रुपैयाँ (अघिल्लो वर्ष २ अर्ब ९९ करोड)
  • प्रतिसेयर आम्दानी (EPS)ऋणात्मक १४.६० रुपैयाँ
  • प्रतिसेयर नेटवर्थ१८८.३३ रुपैयाँ
  • प्रतिसेयर कुल सम्पत्तिको मूल्य५०८.३९ रुपैयाँ
  • तरलता अनुपात०.७६ प्रतिशत

बिक्री वृद्धिको प्रयास जारी रहे पनि लागत नियन्त्रण चुनौतीपूर्ण बनेका कारण कम्पनी अझै घाटामा रहन सक्छ भन्ने विश्लेषण गरिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here