28.9 C
Nepal
Wednesday, March 12, 2025

शिवम् सिमेन्टको नाफा घट्यो

शिवम् सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सो विवरणअनुसार, कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.७७ प्रतिशतले कम हो। अघिल्लो वर्षको दोस्रो त्रैमासमा कम्पनीको नाफा १८ करोड ८५ लाख रुपैयाँ रहेको थियो।

बिक्री आम्दानीमा पनि गिरावट आएको छ। कम्पनीले चालु आवको पहिलो दुई त्रैमासमा ३ अर्ब १० करोड रुपैयाँको आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.८८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षमा यो रकम ३ अर्ब ५१ करोड रुपैयाँ थियो।

अन्य आम्दानी पनि घटेको देखिन्छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म १७ करोड २ लाख रुपैयाँ रहेको अन्य आम्दानी घटेर चालु आवमा १२ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ।

यद्यपि, कम्पनीले कुल खर्चमा कटौती गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५० करोड ९४ लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवमा खर्च घटाएर ४४ करोड ६४ लाख रुपैयाँमा सीमित गरेको छ।

५ अर्ब ४५ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले सेयर प्रिमियम रिजर्भका लागि ९५ करोड ६२ लाख रुपैयाँ छुट्याएको छ भने अन्य रिजर्भका लागि ३ अर्ब १५ करोड रुपैयाँको व्यवस्था गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) २.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७५.३१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २१८.९२ रुपैयाँ, र तरलता अनुपात १.६२ गुणा रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here