28.9 C
Nepal
Wednesday, March 12, 2025

छिमेक लघुवित्तको नाफा १७.३४% ले बढ्यो

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ५१ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १७.३४ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले ४३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

संस्थाले समीक्षा अवधिमा खुद ब्याज आम्दानी १ अर्ब ३५ करोड रुपैयाँ गरेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी भने ३८.१७ प्रतिशतले बढ्दै १७ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

यस्तै संस्थाको खुद सञ्चालन आम्दानी १ अर्ब २७ करोड रुपैयाँबाट बढेर १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनिको रिजर्भको आकार भने २ अर्ब ६८ करोड रुपैयाँबाट बढेर २ अर्ब ७८ करोड पुगेको छ ।

यो अवधिमा संस्थाले ३ अबत्र्र ६३ करोड रुपैयाँ निेक्षेप संकलन र ३ अर्ब ७८ करोड रुपैयाँ बर्जा प्रवाह गरेको छ । संस्थाले दोस्रो त्रैमाससम्म १२ करोड ७९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । अघिल्लो आवमा संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २४ करोड ८ लाख रुपैयाँको व्यवस्था गरेको थियो । संस्थाको खराब कर्जा अनुपात २.९५ प्रतिशतबाट घटेर २.७२ प्रतिशतमा झरेको छ ।

अघिल्लो आवमा १ अर्ब २८ करोड रुपैया रहेको वितरणयोग्य मुनाफा बढेर १ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । यस्तै संस्थाको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ४९.७२ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३१.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३७.४९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५२०.२० रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.६७ गुणा र तरलता अनुपात २२.१५ प्रतिशत छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here