28.9 C
Nepal
Wednesday, March 12, 2025

मानुषी लघुवित्तको खुद नाफा ९.८६ लाख

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार, संस्थाले ९ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ करोड ७७ लाख रुपैयाँ घाटामा रहेको थियो।

संस्थाको खुद ब्याज आम्दानीमा वृद्धि भएको छ। समीक्षा अवधिसम्म संस्थाले ५ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४८.४४ प्रतिशतले बढी हो। गत वर्षको दोस्रो त्रैमासमा यो आँकडा ३ करोड ४२ लाख रुपैयाँ थियो। त्यस्तै, संस्थाको खुद सञ्चालन आम्दानी ३८.७७ प्रतिशतले बढेर २ करोड ४५ लाख रुपैयाँ पुगेको छ।

संस्थाको वितरणयोग्य मुनाफा ५९ लाख ७५ हजार रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म, संस्थाले कर्मचारी खर्चका रूपमा ३ करोड ४३ लाख रुपैयाँ खर्च गरेको छ भने अन्य सञ्चालन खर्च ८८ लाख ११ हजार रुपैयाँ पुगेको छ। यस अवधिमा रिटेन्ड अर्निङ ६५.३८ प्रतिशतले घटेर ५९ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ। तर, संस्थाको रिजर्भ कोष भने १ करोड ७७ लाख रुपैयाँबाट बढेर ४ करोड ९० लाख रुपैयाँ पुगेको छ।

दोस्रो त्रैमाससम्म, संस्थाले १ करोड ६२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्याएको छ। समीक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी (EPS) १.८० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३७८ रुपैयाँ, पीई रेसियो ११३५.५५ गुणा, तरलता अनुपात १४.४८ प्रतिशत, र प्रतिसेयर नेटवर्थ १५०.३० रुपैयाँ रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here