गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । गत बिहिबार कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ आजदेखि कारोबारमा आउन लागेको हो ।
नेप्से र गार्डियन माइक्रो लाइफबीच प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ७५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता भएको थियो ।
कम्पनीले सर्वसाधारणसमक्ष कुमारी क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत पुस १९ गतेदेखि २४ गतेसम्म साधारण सेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।
नेप्सेले कम्पनीको सेयर दोस्रो बजार कारोबारका लागि कम्पनीलाई ‘जीएमएलआई’संकेत प्रदान गरेको छ ।




