20 C
Nepal
Monday, September 29, 2025

७० हजार मतगणना हुँदा रविले पाए ५० हजार मत

spot_imgspot_imgspot_img

मतगणना अन्तिम चरणमा पुग्दा चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले ५० हजार मत कटाएका छन्। 

७०२२३ मत गणना हुँदा रवि लामिछानेले ५००२९ मत पाएका छन्।  उनले अहिलेसम्म लगातार ७१ प्रतिशत मत पाइरहेका छन्। 

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ९१६५ छ। उनीहरूबीचको मतान्तर ४०८६४ छ।

चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। अब गन्न बाँकी मत ८ हजार मात्र छ। 

लामिछानेले यसपालि गत मंसिर-४ को चुनावमा पाएको भन्दा धेरै मतसँगै मतान्तर पनि फराकिलो पार्ने देखिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here