हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३९५.६८ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष यसै अवधिसम्म संस्थाले ५२ लाख ५८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३०.७१ प्रतिशतले वृद्धि भई १५ करोड ३३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, संस्थाले खुद शुल्क तथा कमिशन आम्दानीबाट १८ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ। कुल सञ्चालन आम्दानी पनि १४ करोड २ लाख रुपैयाँबाट बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेको छ।
यो अवधिमा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर १ करोड १७ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको दोस्रो त्रैमासमा यो ७८ लाख ३१ हजार रुपैयाँ थियो। तर, संस्थाको वितरणयोग्य मुनाफा भने २९ लाख ६० हजार रुपैयाँले ऋणात्मक रहेको छ।
संस्थाले ग्राहकहरूबाट १ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। तर, खराब कर्जा अनुपात ३.५९ प्रतिशतबाट बढेर ५.६२ प्रतिशतमा पुगेको छ। संस्थाको रिजर्भ १२ करोड रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म संस्थाको प्रति शेयर आम्दानी (EPS) १६.३० रुपैयाँ, मूल्य आम्दानी अनुपात (P/E Ratio) ५७.८६ गुणा, प्रति शेयर नेटवर्थ १२३.३७ रुपैयाँ, प्रति शेयर कुल सम्पत्तिको मूल्य १,८९२.२९ रुपैयाँ, र तरलता अनुपात २३.४९ गुणा रहेको छ।