19 C
Nepal
Saturday, March 15, 2025

आजदेखि क्रेष्ट माइक्रो लाइफले आईपीओ जारी गर्दै

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आजदेखि आईपीओ जारी गर्न लागेको छ। कम्पनीले अनुमति प्राप्त २२ लाख ५० हजार कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ। यस शेयरको मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ।

कम्पनीले कुल आईपीओमा ३ प्रतिशत अर्थात् ६७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित राखी बाँकी १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्ने योजना बनाएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट अनुमोदित सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमार्फत वा मेरो सेयर अनलाइन प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबीएस क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्, जसको म्याद माघ २९ गतेसम्म छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट माघ ३ गते आईपीओ जारी गर्न स्वीकृति पाएको थियो। यस अन्तर्गत पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर जारी गर्न लागेको हो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here