13.7 C
Nepal
Saturday, February 14, 2026

गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, १६.३७ लाख आवेदकको हात खाली

spot_imgspot_imgspot_img

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीले गत पुस १९ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । क्यापिटलका अनु्सार कम्पनीको आईपीओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकबाट २ करोड ३२ लाख २ हजार ५४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।

यसमध्ये १८ लाख २२ हजार ४०५ कित्ता सदर भएको र ८ हजार ४५२ आवेदन बदर भएको क्यापिटलले जनाएको छ ।

यसरी कुल सदर आवेदकबाट २ करोड ३० लाख ३५ हजार ७३० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।

कुल सदर आवेदकमध्ये १ लाख ८४ हजार ५०० जनालाई १० कित्ताका दरले १८ लाख ४५ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ । यसरी बाँकी १६ लाख ३७ हजार ९०५ सदर आवेदकको हात भने खाली भएको छ ।

यो आईपीओमा मागभन्दा १२.५८ गुणा बढी आवेदन परेको थियो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here