12 C
Nepal
Friday, February 13, 2026

मल्टीपर्पस फाइनान्सको साधारण सभा सम्पन्न

spot_imgspot_imgspot_img

मल्टिपर्पस फाइनान्स लिमिटेडको २७औं साधारण सभा पुस २८ गते आइतबार, अध्यक्ष चन्दन अग्रवालको अध्यक्षतामा कम्पनीको केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा सम्पन्न भएको छ।

सभामा अध्यक्ष अग्रवालले प्रस्तुत गरेको २७औं वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८०/८१ को नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू, साथै लेखापरीक्षकको नियुक्ति र पारिश्रमिकसम्बन्धी प्रस्तावहरू सर्वसम्मतिले पारित भएका छन्।

साधारण सभामा जानकारी गराएअनुसार, वित्तीय संस्थाले छिट्टै आफ्नै भवनबाट कारोबार सञ्चालन गर्नका लागि विधापति चौकबाट करिब १०० मिटर उत्तर, नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयसँगै जोडिएको डेढ कठ्ठा जमिन खरिद गरी भवन निर्माणको प्रक्रिया अघि बढाइसकेको छ। साथै, सूचना प्रविधिलाई समयानुकूल बनाउँदै अत्याधुनिक सफ्टवेयर जडान गरी बैंकिङ कारोबारलाई थप सहज बनाएको छ।

यस्तै, कारोबार विस्तारको क्रममा सर्लाही जिल्लाको कौंडेना गाउँपालिका र गौंडैता नगरपालिकामा नयाँ शाखाहरू सञ्चालनमा ल्याइएको छ, जसले ग्राहक सेवालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सभामा सञ्चालक सदस्यहरू गेहनाथ ढुंगाना, जयप्रकाश ठाकुर, अशोक साह, गृष्मा श्रेष्ठ, र महेश कुमार सिंह, साथै प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव रजनीश कुमार सिंह, सेयरधनीहरू, र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here