17.8 C
Nepal
Wednesday, February 5, 2025

नेपाल माइक्रो इन्स्योरेन्सले आइपीओ निष्कासन अनुमति पायो

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले साधारण सेयर (आइपीओ) को सार्वजनिक निष्कासन अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले नेपाल माइक्रो इन्स्योरेन्सलाई सेयर निष्कासन गर्न पुस २५ गते अनुमति दिएको हो।

यससङ्गै आइपीओ अनुमति पाउने नेपाल माइक्रो इन्स्योरेन्स दोस्रो लघु बीमक बनेको छ।

धितोपत्र बोर्डको अनुमतिसँगै अब नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २ २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्नेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here