12 C
Nepal
Saturday, February 14, 2026

अधिक तरलता भएपछी बजारबाट आज ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

spot_imgspot_imgspot_img

बजारमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज पनि ५० अर्ब रुपैयाँ बजारबाट तान्ने तयारी गरेको छ। राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि अल्पकालीन उपकरण निक्षेप संकलनको माध्यमबाट यो प्रशोचन गर्न लागेको हो।

बैंकले १४ दिनका लागि निक्षेप संकलन गर्न अनलाइन बोलकबोल प्रणालीमार्फत प्रक्रिया सञ्चालन गर्नेछ। बोलकबोल आज दिउँसो २ बजेबाट सुरु हुनेछ।

इच्छुक आवेदकले न्यूनतम १० करोड रुपैयाँ र ५ करोड रुपैयाँको गुणकमा अधिकतम कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्नेछन्। यो निक्षेप संकलनको सावाँ र ब्याज भुक्तानी माघ ९ गते हुनेछ।

नेपाल राष्ट्र बैंकले यस प्रक्रियामा इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई सहभागी हुन अनुमति दिएको छ।

राष्ट्र बैंकको नीति अनुसार, अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा कम हुँदा बैंकले बजारबाट तरलता झिक्नेछ भने ६.५ प्रतिशतभन्दा बढी हुँदा बजारमा तरलता पठाउने गर्दछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here