25.2 C
Nepal
Wednesday, February 5, 2025

मंगलबारको भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुग्यो !

मंगलबार बिहान नेपालको सीमावर्ती चिनियाँ क्षेत्रलाई केन्द्रविन्दू बनाएर गएको शक्तिशाली भूकम्पबाट चीनमा ९५ जनाको मृत्यु भएको छ ।

चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार हालसम्म प्राप्त विवरणहरुका अनुसार केन्द्रविन्दू आसपासका चिनियाँ क्षेत्रका घरहरु भत्किएर पुरिँदा मृत्यु हुनेको संख्या ९५ पुगेको हो । भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ तथा आसपासका गाउँका दर्जनौं घरहरु भत्किएका छन् ।

चीनको सरकारी न्यूज च्यानल सीजीटीएनका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने सम्भावना छ ।

नेपाली समय अनुसार मंगलबार बिहान ६ः५० मा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७.१ म्याग्निच्यूडको भूकम्प गएको थियो । चिनियाँ आधिकारिक निकायले भने ६.८ म्याग्निच्यूडको भूकम्प गएको उल्लेख गरेका छन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here