13.2 C
Nepal
Wednesday, February 5, 2025

आज तमु ल्होसार , सेयर बजार बन्द

आज गुरुङ समुदायले नयाँ वर्षको स्वागत गर्दै तमु ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन्। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने उद्देश्यले यो पर्व मनाउने प्रचलन छ। गुरुङ समुदायको धेरै बसोबास रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतका जिल्लाहरूमा तमु ल्होसार विशेष उत्साहका साथ मनाइन्छ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तनको दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।

यो पर्व पुस १५ गते मनाउने गरिन्छ, जुन रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि रातहरू छोटिँदै जाने विशेष दिन पनि हो। यसै कारणले यो पर्वलाई थप महत्वपूर्ण मानिन्छ।

तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। यस दिन सम्पूर्ण सरकारी कार्यालय, सेयर बजार, बैंक तथा वित्तीय संस्था र शैक्षिक संस्थाहरू बन्द रहनेछन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बन्द भएकाले आज दोस्रो बजारमा सेयर कारोबार हुनेछैन।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here