21.1 C
Nepal
Thursday, December 26, 2024

नेको इन्स्योरेन्सले पायो हकप्रद निष्कासनको अनुमति

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ९ गते हकप्रद निष्कासनका लागि स्वीकृती पाएको हो ।

बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले २५ प्रतिशत ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँबराबरको रु १०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीले १ः०.२५ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै गत चैत ६ गते आवेदन दिएको थियो । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here