सानिमा माई हाईड्रो लिमिटेडलेको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४८८.१८ रुपैयाँ कायम भएको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५३७ रुपैयाँको आधारमा समायोजन भएको हो ।
कम्पनीले आव २०८०/८१ का लागि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । लाभांश आगामी पुस २८ हुने कम्पनीको १३ औं साधारण सभाबाट पारित गरी वितरण गर्नेछ ।