11 C
Nepal
Wednesday, February 5, 2025

यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

आज कुथेली बुखरी स्मल हाइड्रो, आरएसडिसी लघुवित्त,माउन्टेन इनर्जी,मञ्जुश्री फाइनान्स र मिथिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस ११ गते कम्पनीहरुले बुक क्लोज गर्ने भएका छन । पुस १० गत क्रिसमसको सार्वजनिक बिदा परेकाले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

कुथेली बुखरी स्मल हाइड्रोपावरले गत आवका लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश दिनेछ ।

आरएसडिसी लघुवित्तले पनि गत आवका लागि सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ ।

माउन्टेन इनर्जी नेपाले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश दिनेछ ।

यसैगरी, मञ्जुश्री फाइनान्सले आव २०८०/८१ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ६।३५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने छ ।

मिथिला लघुवित्तले गत आवका लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत लाभांश दिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here