कालिका पावर कम्पनी लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८०/८१ सम्मको कम्पनीको सञ्चित मुनाफासमेत बाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनर सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
लाभांशको प्रस्ताव पारित गर्न सोही दिन बसेको सञ्चालक समितिको बैठकले साधारण सभा समेत डाकेको छ । संस्थाको १७ औं साधारण सभा आगामी पुस २९ गते चितवनमा रहेको दियालो फुडल्याण्डमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।