विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २९ गते साधारण सभा आयोजना गर्ने भएको छ । पुस ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको १६ औं साधारण सभा धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्टमा दिनको साढे १२ बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभा एफपीओ निष्कासन गर्ने,संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गने र सर्वसाधारण र संस्थापक सेयर स्वामित्व परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०÷८१ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा भाग लिन सक्नेछन् ।