राष्ट्रपति रामचन्द्र पौडेललाई नयाँ दिल्लीको अस्पताल लगिने भएको छ । उनलाई मंगलबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो र अहिले श्री एयरलाइन्सको विमानमा लगिएको छ ।
एयरलाइन्सले राष्ट्रपति पौडेललाई नयाँदिल्ली लैजाने तयारी गरिरहेको श्री एयरलाइन्सका महाप्रबन्धक अनिल मानन्धरले बताए ।
राष्ट्रपति पौडेलको पेटमा संक्रमण भएको स्रोतले जनाएको छ । उनलाई उपचारका लागि भारतको एक अस्पतालमा लगिने भएको छ ।
पेटको समस्या देखिएपछि राष्ट्रपति पौडेल उपचारका लागि दुई पटक अस्पताल पुगेका थिए । उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षणका लागि पठाइएको चिकित्सकले बताएका छन् ।
छातीको तल्लो भागमा पानी देखेमा निमोनिया, क्षयरोग वा क्यान्सर हुन सक्ने चिकित्सकहरू बताउँछन् । तर सोमबार लिइएको पानीको नमूनाको परिक्षणको रिपोर्ट आएको हो वा नभएको थाहा छैन ।
स्वास्थ्यमा असहजता देखिएपछि राष्ट्रपति पौडेल मंगलबार पुनः अस्पताल गएका थिए । चिकित्सकले उनलाई उपचारका लागि भारत जाने सल्लाह दिए पनि सुधार भएन ।