19.2 C
Nepal
Wednesday, October 16, 2024

ग्लोबल आइएमई बैंकको कात्तिक महिनाका लागि ब्याजदर कति ?

ग्लोबल आइएमई बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

जसअनुसार बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असोज महिनाका लागि पनि सोही ब्याजदर थियो ।

व्यक्तिगत निक्षेपका लागि कात्तिक महिनामा ३ देखि ६ महिनासम्मका लागि ४ प्रतिशत,६ महिनादेखि १ वर्षसम्मका लागि ५ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५.५० प्रतिशत र २ वर्ष र त्योभन्दा माथिका लागि ६.२५ प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ ।

संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि १ वर्ष तलका लागि ४ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ४.५० र २ वर्ष र सोभन्दा माथिका लागि ५.२५ प्रतिशत ब्याजदर रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here