ग्लोबल आइएमई बैंकले गतआबको मुनाफाबाट आफ्ना सेयरधनिलाई हाल कायम चुक्ता पूँजीको ५.५ प्रतिशत बोनस शेयर दिने भएको छ । यसरी थोरै लाभांश दिने क्षमता राखेको ग्लोबल आइएमई बैंकका सन्चालकको सेवासुबिधा भने धेरै रहेको छ ।
ग्लोबल आइएमई बैंकका संचालकले यातायात सञ्चार तथा पत्रपत्रिका सुबिधा भत्ता बापत मासिक ५० हजार रुपैयाँ बुझ्ने गरेका छन ।यसअघी संचालकहरुलाई यातायात सञ्चार तथा पत्रपत्रिका सुबिधा भत्ता बापत मासिक १० हजार दिईदै आएकोमा समयानुकुल नभएको भन्दै १७ औँ वार्षिक साधारणसभाबाट मासिक ५० हजार रुपैयाँ पुर्याइएको हो । संचालक समितिले आफ्नो भत्ता कम भएको भन्दै बिशेष प्रस्ताब साधारण सभामा राखेर समयानुकुल बनाउने भन्दै पाच गुणाले उक्त भत्ता बढाईएको हो ।
बैठक भत्ता बापत पनि मोटो रकम लिने गरेका छन । बैठक भत्ता शिर्षकमा बैंकको संचालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता ३० हजार रुपैयाँ र अन्य संचालक समितिलाई प्रति बैठक भत्ता २५ हजार रुपैयाँ दिने गरिएको छ ।
त्यस्तै बैंकका सिईओले पनि करोडौ तलव भत्ता बुझ्ने गरेका छन । यसरी ब्यबस्थापन समुह र संचालक समितिले मोटो रकम लिईरहदा सेयरधनिलाई भने प्रतिफल भने राम्रो दिन सकिरहेको छैन ।
यस बैंकका संचालक समितिका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत हुन ।